सोमबार ११ आश्विन २०७८

काठमाडौँ, २०६४ सालको संविधानसभा चुनावको अघिल्लो दिन इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । यदि अफताव आलमले भनेको जस्तै भयो भने उनी आज थुना मुक्त हुने छन् तर सर्बोच्चले के निणर्य गर्छ त्यसमा निर्भर हुनेछ । यदि सर्बोच्चले थुनामा राख्न आदेश दियो भने आलम थुनामौ हुनेछन् ।

न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाका पेसी तोकिएको छ । अघिल्लो साता राउत र कुमार रेग्मीको इजलासमा सो मुद्दा पेसीमा राखिएको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन सकेको थिएन । आलमलाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध उनी सर्वोच्चमा गएका हुन् ।
आलमलाई पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले २०७६ कार्तिक २९ गते आदेश दिएको थियो ।

ज्यान मा,र्ने कसुर, ज्यान मा,र्ने उद्योग र वि,ष्फे,ट,क पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका निलम्बित सांसद आलम मुलुकी फौजदारी संहिताको ७३ नम्बर बमोजिम सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित ब,म,काण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अ,ख्त,र,सहित दर्जन बढी मानिसलाई जि,उँ,दै इँटा भट्टामा ज,xला,xए,xको आरोपमा सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए ।


Last Updated on: August 27th, 2021 at 12:06 pm
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया