शुक्रबार ०८ आश्विन २०७८

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । माथिबाट झरेको ढिस्कोले विद्यालयको पर्खाल भत्काएको गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार पहिरोसँगै खसेका ढुंगा भवनभित्रै पसेका छन । ‘अहिले विद्यालय बन्द भएकाले समस्या छैन तर यो पन्छाएर माथि वाल नलगाएसम्म बालबालिका स्कुल पठाउने सम्भावना छैन,’ उनले भनिन् ।


Last Updated on: August 27th, 2021 at 1:03 pm
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया