सोमबार ०४ आश्विन २०७८

काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्। यस्तै काठमाडौं उपत्यकामा ९७८४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४०, ललितपुरमा २२६६ र भक्तपुरमा १४७८ सक्रिय संक्रमित छन्। यसैगरी, २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ।

 


Last Updated on: August 27th, 2021 at 4:55 pm
५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया