शुक्रबार ०८ आश्विन २०७८

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । ६२ वर्षीय यादवको गएराति नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा निधन भएको हो । रक्तचाप कम भएपछि साँझ ६ बजे उपचारार्थ भर्ना भएका यादवको राति १ बजेतिर निधन भएको हो । उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।


Last Updated on: August 28th, 2021 at 11:19 am
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया