Friday, March 5

चुच्चे नक्सा नै छ ; हेर्न नजान्‍ने ट्विटेहरु उफ्रिरहेका छन्

October 23, 2020 196

चुच्चे नक्साबिनाको निशान छाप प्रधानमन्त्रीले नै प्रयोग गरेको बारेमा उनको सचिवालयले फरक तर्क गरेको छ। प्रेस सल्लाहकार सू्र्य थापाले नक्साको आकार अत्यन्तै सानो भएकाले नेपालको पश्चिमी भागको चुच्चो नदेखिएको बताएका छन्।

विश्‍व मानचित्रमा हेर्ने हो भने नेपाल पनि केबल थोप्लो देखिन्छ, अब त्यसैलई लिएर विरोध गर्नु थालौं त?’, उनले भने, ‘कुरै नबुझी ट्विटेहरु उफ्रिरहेका छन्। सानो आकार र एकै रंगको भएकाले चुच्चो नदेखिएको हो, तर त्यहाँ छ, हटाइएको या त्रुटी गरिएको होइन।’

चुच्चे नक्सा हटाउने कुरै नहुने भन्दै थापाले नजान्‍ने र नबुझ्नेहरुले त्यतिकै विरोध गरेको बताए। ‘निशान छापमा चुच्चे नक्सा छ’, उनले भने, ‘हेर्न नजान्‍नेहरुले विरोध गर्न खोजेका हुन्। कुरै नबुझी उफ्रिनेहरुलाई भन्‍नु केही छैन।’ नयाँबाटोबाट

 

प्रतिकृया दिनुहोस्