Thursday, March 4

दशैंमा घर लिप्ने माटो लिन गएका २ महिलाको ढिस्कोले पुरीएर निधन, थप दुई घाइते

October 24, 2020 247

काठमाडौ । जाजरकोटमा दसैंका लागि घर लिप्ने माटो खन्न गएका दुईजना महिलाको ढिस्कोले पुरिएर शनिबार निधन भएको छ । घटनामा अन्य थप २ जना घाइते भएका छन् ।

जिल्लाको छेडागाड–३ दशेरा चुवाकी दुई महिलाका निधन भएको हो । निधन हुनेमा ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहाल भएको प्रहरीले जनाएको छ । घटनामा सोही ठाउँ निवासी स्थानीय सरिता जैसी र धनसरी चनारा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका हुन्। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खदा पर्खदै दुई जनाको मृ त्यु भएको स्थानीयको भनाइ छ।

प्रतिकृया दिनुहोस्