Tuesday, March 2

हिमालय क्षेत्रमा ८ रेक्टरभन्दा ठूलो भूकम्पको चेतावनी, काठमाडौं नराम्ररी प्रभावित हुन सक्ने

October 25, 2020 346

वैज्ञानिकहरुले हिमाय क्षेत्रमा ठूलो भूकम्पको चेतावनी दिएका छन् । पूरै हिमालय क्षेत्र भूकम्पहरुको लगातार धक्काको साथै अर्को ठूलो धक्काको लागि तयारी अवस्थामा रहेको र त्यो ठूलो धक्का ८ म्याग्नेच्युड वा सोभन्दा बढीको हुन सक्ने वैज्ञानिकले बताएका छन् ।

त्यो ठूलो धक्का हाम्रो जीवनकालमा आउन सक्ने भौगोलिक, ऐतिहासिक तथ्यांकमा आधारित रहेर गरिएको एक अध्ययनमा खुलासा भएको हो । हिमालय आसपासमा घना बस्ती भएका क्षेत्रमा मानवीय क्षतिको परिमाण अभूतपूर्व हुने सकेत वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

अगष्टमा सिस्मोलोजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित यो अध्ययन यहाँको चट्टानको सतहको जाँच, माटोको जाँच र रेडियोकार्बन विश्लेषणमा आधारित छ । ‘भारतको अरुणाचल प्रदेशको पूर्वी छेउदेखि पश्चिममा पाकिस्तानसम्म फैलिएको हिमालय क्षेत्र विगतमा पनि ठूला भूकम्पको केन्द्र रहिसकेको छ’ अध्ययनका लेखक स्टेभेन जी वेस्नोस्कीले समाचार एजेन्सी पीटीआइसँग भने ‘यस्ता भूकम्पहरु फेरि पनि उत्पन्न हुनेछन् र यदि अर्को ठूलो भूकम्प हाम्रो जीवनकालमा उत्पन्न भयो भने कुनै आश्चर्य हुने छैन ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

 

प्रतिकृया दिनुहोस्