Thursday, March 4

फेसबुक प्रेमः श्रीमानले विवाहित महिला लिएर भागेपछि दुधे बच्चासहित श्रीमती अ’लपत्र

October 25, 2020 265

नयाँदिल्ली – बेलाबेला भारतमा नेपालीहरुले विभिन्न घ’टना घटाउने गर्छन् । तिनको निकै चर्चा पनि हुने गर्छ । भारतका विभिन्न शहरहरुमा नेपाली युवाको लु’टपाटमा संलग्नताकासाथै सामाजिक विकृत्ति बढ्दै गएको भन्ने समाचारहरुले अखबारका भित्ता पनि भरिने गर्छन् । दिल्ली, मुम्बई र बेङ्ग्लोर जस्ता ठूला शहरहरुमा दिनानुदिन महिलाहरु बे’पत्ता हुनु सामान्य खबर जस्तै भएको छ।

पछिल्लो केहीदिनयता एउटा घटना भारतमा भाइरल भइरहेको छ । सन्तान हुँदाहुँदै श्रीमानले अर्कै विवाहित दुई सन्तान भएकी महिलालाइ भगाएको समाचार अहिले भारतमा निकै भाइरल भइरहेको छ । भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बई शहरको कल्याणमा नेपालदेखि आफ्नो श्रीमान भेट्न आएकी महिला श्रीमानको फेसबुक प्रेमले गर्दा आज एक्लो अवस्थामा भौतारिनु परेको बताउँछिन्।

पि’डित पक्षले दिएको जानकारी अनुसार नेपाल घर दैलेख जिल्ला दल्लु नगरपालिका ३ पालि धारखोला निवासी नमराज कार्की र नेपाल घर सुर्खेत जिल्ला चैकुने गाउँपालिकाका जगत कार्कीकी श्रीमती बिमला थापा २३ ओक्टोबरदेखि मुम्बईबाट एक्कासी बे’पत्ता भएका हुन्।

भारतको मुम्बई शहरमा कार्यरत नमराज कार्कीको आफ्नो परिवारमा २ वर्षीय दुधे बच्चा छ । आफ्नो सम्पन्न परिवार हुँदा हुँदै कार्की अर्कै विवाहित महिलालाई लगेर भागेपछि यतिबेला उनको परिवार मुम्बईमा अ’लपत्र अवस्थामा छ । पीडित महिलाले जानकारी दिए अनुसार उनका श्रीमान कार्की र बीमला सामाजिक संजाल फेसबुकमार्फत जोडिएका थिए।

उनीहरु दैनिकजसो कुराकानी गर्थे । र पछि उनीहरुको मित्रता प्रेममा परिणत भएको थियो । केही दिनअघि कार्की थापालाई लिन नेपालगञ्जसम्म गएको उनकी श्रीमतीको भनाइ छ । श्रीमान यसरी नेपाल आएको भन्ने जानकारी पाएपछि उनकी श्रीमती २ वर्षीय दुधे बच्चा बोकेर मुम्बई आएकी थिइन्।

श्रीमती कमलाले बताए अनुसार पछि मुम्बईमा सक्रिय संघ संस्था र समाजसेवीको दबाबमा कार्कीले आफ्नी श्रीमती र फेसबुक प्रेमिका थापासँग २४ ओक्टोबरमा नेपाल गएर यस समस्यालाई आफ्नो समाज र नेपालको कुनुन बमोजिम समाधान गर्ने प्रतिबद्धता गरेका थिए।

तर, कार्की ओक्टोबर २३ गते शुक्रबार बिहान श्रीमती कमलासँग डोम्बिवली पैसा ल्याउन जान्छु भन्दै घरबाट निस्केका थिए । केही समय पश्चात कार्कीकी प्रेमिका पनि तरकारी ल्याउन जान्छु भन्दै सबैलाई झुक्याएर एकाएक बेपत्ता भएका हुन् । उनीहरु वे’पत्ता भएपछि अहिले कमला मुम्बईमा अलपत्र परेकी छिन्।

 

प्रतिकृया दिनुहोस्