Thursday, March 4

हरेक चेलीको जीवनको त्यो दु:खद पल,त्यो दिन दाजुले रुदै भक्कानिदै बोकेर कारमा राखिदियो …..

October 25, 2020 384

सधै घरबाट बाहिर जादा जान्छु है भनेर निस्किने म त्यो दिन जान्छु है भन्न पनि सकिन, अनि बुबा-आमाले साझ छिटै आए है पनि भन्नु भएन । साझ छिटै नआए खुट्टा भच्छु भनेर दाजुले पनि भन्नु भएन।बहिनीले पनि रात नपार्नु होला है दि भनिन । आमाबुबा दाजुबहिनी कसैले पनि छिटै अाएस है भनेर भनेनन । आफै स्कुटी चडेर जादा खासै वास्ता नगर्ने मलाई त्यो दिन दाजुले रुदै भक्कानिदै बोकेर कारमा राखिदियो ।

आमाबुबा पनि रुदै मुर्छा पर्दै म बसेको ठाउ आउनु भो । आमाबुबा रोएको देखेसी कसको मनले मान्छ र ?म झन जोड जोडले रुन थाले । उता बाट एउटा अंकलले आमालाई सम्झाउदै ” यो त चलन हो भाउजु । हाम्री मात्रै छोरी पनि त हैन नि पठाएको हजुर बुझ्नी मान्छे नि यसो गर्नी ” भन्दै आमालाई त्यहा बाट लिएर जानू भो । बाबालाई पनि लागियो । दाजु म अनि बहिनी कार भित्रै अङ्गालो हालेर रोएका थियौ , दाजु र बहिनीलाई नि कसैले सम्झाउदै लगे ।

त्यहाँ मलाई देख्ने सबै जानाको आखाँमा आशु थियो । म त्यति जोड जोडले रोएकि थिए। मलाई घरको हरेक वस्तुले छोडेर नजाउ भनेको थियो, तर मै निस्टुरी भए । ती मैले आफै बनाएका कुसन , डल , ती फुलहरु , घरको हर भित्तामा मैले बनाएर सजाएका ती वस्तुले नजाउ छोडेर भन्दै रोएका थिए , तर मैले मानिन। मानिन नि के भन्नु मैले छोडेर जानै पर्थियो ।

सच्चै भन्नु पर्दा माईती घर चेलीको लागि भाडामा बसेको घर जस्तै हो जति सजाए पनि आफ्नो नहुने अनन्त छोडेर जानै पर्ने। त्यो दिन म सधैका लागि पराइ घर गएकि थिए । पराई घर त म शरिर लिएर हैन अनगिन्ति नाता लिएर गएकि रहेछु । बुहारी, भाउजु, देबरानी, माइजु, काकी खै के के हो के के । माइती मा हुदा नानी मात्रै भनेर बोलाउने मलाई यहाँ यति धेरै भुमिका कसरी निभाउनु ।

बिहान 8 बजे सम्म सुत्नि म बुहारी आज त दोस्रो दिन बाहिर पोछा मात्रै भएनि लगाउ भन्दै 4 बजे नै उठाउदा म कति रोए त्यो त मलाई मात्रै थाहा छ ।दिनहरु यसरी नै बित्दै गए । 4 बजे उठ्यो झाडु पोछा , नुहाई धोई, चिया नास्ता , खाना बनाऊ , भाडा माझ एक छिन दिउँसो समय मिल्छ 2घन्टा जति तर त्यो समयमा पनि दिउँसो के नास्ता बनाउने होला भन्नी कुराले पिरोल्छ , नास्ता बनाउ , भाडा माझ फेरी साझको खानाको तयारी , खाना बनाउ , भाडा माझ , चुलो पुछ , किचन सफा गर , रुममा जाऊ, रुममा बुढाको दिउँसो आपिसको कुरा सुन अनि श्रीमतिको भुमिका निभाउ ।

उफ म थाके , म धेरै थाके तर यो कस्लाई भन्नु ?माईतमा नि यति गरेकै हो तर एउटा काम गरे आर्को काम आमाले सघाउनु हुन्थ्यो । यहाँ कसले सघाउने ?देख्नि मान्छेलाई त धेरै काम नि छैन तर शरिर थाकेर लेतो-खानी हुन्छ । सन्चो नहुदा माईतमा सुतेको सुतै गर्नि म ।यहाँ त नाटक भन्छन् कि भनेर सन्चो नभएको कुरा नि सुनाउन डर लाग्छ । माईतीघर आमालाई देखाउने जति नखरा यो घरमा देखाएको भए त झन के हुन्थियो होला ?

यति गर्दागर्दै पनि केही गल्ति भयो भने पराइ घरबाट आएकी लाई यो सम्पतिको के माया लाग्छ र भन्दै कराउदा त यो मन र आखालाई खपि सक्नु हुदैन ।खै पराई घरमा केको डर हो यति धेरै ? उता माइतीमा त्यति चिच्चाहि-चिच्चाहि हास्ने म , यहाँ त बोल्दा पनि अड्कलेर बोल्नु पर्ने ।बोल्न खोज्छु बोली निस्किदैन तर आशु चाहि गज्जबले निस्किन्छ । कहिले हासीखुशि रातिको खाना खाइन्छ त कहिले सासुको नमिठो वचन र आशुँको धारा सँगै ।माइतीघर मा नि आमाले गालि नगरेको होइन तर आमालाई त 2/4 शब्द फर्काइन्थियो अनि भुन्भुनाउदै रुम तिर गइन्थ्यो तर यहाँ त 2/4 शब्द फर्काउन नि नमिल्ने । राती बुढोलाई के सुनाउनु , कहिले यसै रात बित्छ , कहिले रुदारुदै।फेरी आर्को दिन उहीँ हसिली श्रीमति, बुहारी , भाउजु , काकी, माइजू भएर निस्कनु पर्ने ।उफ म थाके । म थाकी सके यो सब कुराले,फेस्बुक पेजबाट सभार गरिएको @nabina poudel/[premmy entertainment

 

प्रतिकृया दिनुहोस्