Friday, July 30

अस्पतालमा पिसिआरको रिपोर्ट नआउँदै विरामीको निधन

July 26, 2020 391

वीरगन्ज । वीरगंजको नारायणी अस्पतालमा आइतवार एक पुरुषको निधन भएको छ । भेन्टिलेटरमा उपचार गराइरहेका पुरुषको निधन भएको हो । उनलाई कोरोनाको आशंकामा अस्थायी कोभिड गण्डक अस्पतालमा उपचार गराइदै थियो । उनको आरडिटी रिपोर्ट समेत पोजेटिभ आएको छ । कोरोनाको आशंका गरिएको भएपनि पिसिआर रिपोर्ट नआउँदै उनको निधन भएको हो ।

वीरगंजको आदर्शनगर निवासी ६५ वर्षीय श्याम सुन्दर बगरीयालाई श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि शनिवार साँझ उपचारको लागि नारायणी अस्पताल लगिएको थियो। बगरीया मुटु रोगी समेत हुन् । अस्पतालमा प्रारम्भिर आरडिटी परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको आज बिहान साढे ६ बजे निधन भएको र मृ’तकको पिसीआर रिपोर्ट भने आउन बाँकी रहेको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिए।

यसअघि वीरगंजमा भारत माइती भई वीरगञ्ज– २१ बस्ने १७ वर्षीया युवतीको शुक्रबार साँझ निधन भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको निधन भएको थियो।

त्यसैगरी गत मङ्गलबार आइसोलेसनमै ज्यान गुमाएका माइस्थानका ७० वर्षीय बृद्धमा बिहीवार कोरोना पुष्टि भएको थियो। संक्रमितसँगै मृ’तकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अर्को आदेश नभएसम्मका लागि वीरगंज महानगर क्षेत्र भित्र शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

समुदायमै कोरोना फैलिएको भन्दै प्रशासनले सचेतना अपनाउन आग्रह गरेको छ । कोरोना संक्रमितमा लक्षण समेत देखिएका छन् । पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेका कारण चिकित्सक र सरोकारवालालाई चिन्तित बनाएको छ ।

 

प्रतिकृया दिनुहोस्