Wednesday, April 21

भारतीय नागरिकले नेपाली प्रहरीलाई आ’क्रमण गरेपछि यसरी सुरक्षामा उत्रिए मधेसी समुदाय (भिडियो हेर्नुस्)

July 26, 2020 363

रौतहट – सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आ क्रमण भएको छ । भारतीयको आ क्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते हुनुभएको छ । उहाँको दाहिने हातमा चो’ट लागेको छ ।

शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्रअन्तर्गत कोरैया गाउँका दुई महिला परोहा नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेका थिए । उनीहरुलाई रोक्न खोज्दा उल्टै सशस्त्र प्रहरी हबल्दारमाथि घरेलु ह’तियार हँ’सिया प्र हार गरेका थिए । हँ’सिया प्र’हारबाट वरिष्ठ हवल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक रा’उण्ड ह’वाई फा’यर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर्दिवासका प्रमुख डीआइजी कृष्णभक्त ब्रह्माचार्यले बताउनुभयो ।

नरकटिया नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट खटिएको सशस्त्र प्रहरीका १५ जनाको टोलीले ती महिलालाई प्रवेश गर्न दिएका थिएनन् । झ’डपको क्रममा भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुशवाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राति ८ बजे प्रहरी चौकी नरकटियामा बुझाएको हो । घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी ११ नं गणका प्रमुख एसपी रवीनराज कर्णजितको कमाण्डमा ५० सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राकेशकुमार यादवको कमाण्डमा ३५ जना नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

द्विपक्षीय छलफलपछि पक्राउ परेका भारतीय नागरिक कुशवाहालाई राति १० बजे भारतीय सशस्त्र सीमा बल ७१ नम्बर बटालियनका इन्स्पेक्टर अजय कुमारको टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीका एसपी कर्णजितले बताउनुभयो । शनिबार सशस्त्र प्रहरी प्रदेश नं २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यसमेतको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । हाल नरकटिया नाकाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीलाई भारतीय नागरिकले आ क्रमण गरेपछि सिमानामा रहेका नेपालीहरु प्रहरीको सुरक्षामा गयो । सो क्षेत्रमा मधेसी समुदायको बसोबास छ । प्रहरी माथि भएको आ क्मणको खबर पाएपछि मधेसी समुदायका युवाहरु ला ठी लिएर भारतीय नागरिकलाई ध’पा’उन गएका थिए । स्थानियले प्रहरीको सुरक्षा गरे । सो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीको सुरक्षामा मधेसी समुदायका युवाको ठूलो समुह गएको भिडियोमा देख्न सकिन्छ । भिडियो :

प्रतिकृया दिनुहोस्