Saturday, March 6

कोरोना महामारीकाबीच कलाकारको सभ्य र भब्य दसैं (फोटो फिचर सहित)

October 26, 2020 950

कलाकारहरुले बडा दसैं सभ्य र भब्य तरिकाले मनाएको बताएका छन् । उनीहरुले कोरोनाबाट बच्नका लागि स–परिवारमा टीका लगाएको बताएका छन् । कलाकार दीपकराज गिरीले सधैँ ४० जना टीका लागाउने हुनेमा यसपाली ५ जनाले मात्रै टीका लगाएको बताएका छन् । उनले आफु सहित ५ जनाको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

निर्देशक दीपाश्री निरौँलाले घरमा नै आफन्तसँग जमघट गरेर टीका लगाएकी छन् । उनले पनि सभ्य र भव्य तरिकारले २०७७ सालको दसैंको टीका लगाएको बताएकी छन् । त्यस्तै नीता ढुङ्गानाले परिवारका साथ आफ्नै निवासमा टीका लगाएकी छन् ।

परिवारसँग टीका लगाएको तस्विर सार्वजनिक गर्दै सबैलाई दसैंको शुभकामना दिएकी छन् । अनमोल केसी,दीपकराज गिरी , दीपाश्रीका अलवा पल शाह, प्रदिप खड्का, निखिल उप्रेती, पुष्प खड्का, दीपाश्री निरौला सञ्चिता लुईटेल, आँचल शर्मा, प्रियंका कार्की, बर्षा राउत, अनु शाह, रिचा घिमिरे, प्रशान्त ताम्राकार, जित बहादुर नेपाल, सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, पुजा शर्मा, क्रिष्टिना गुरुङ , भोला राज सापकोटा, निर्देशक तथा निर्माता अशोक शर्मा लगायतले परिवारकासाथ टीका लगाएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्