Wednesday, April 21

विराटनगरमा समुदायस्तरमा कोरोना फैलियो

July 26, 2020 108

विराटनगर । विराटनगरमा समुदाय स्तरमै कोरोना हुनसक्ने भन्दै गरिएको आँकलन सत्य सावित भएको छ । यात्राका लागि भन्दै समुदायका ब्यक्तिले पैसा तिरेर कोरोना परिक्षण गराउँदा संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा कोरोना भएको आशंका गरिएको थियो । संक्रमितको संख्या थप बढ्दै गएपछि स्थानिय तहमा गरिएको अध्ययनले त्यो आकलन सत्य सावित भएको हो । स्थानिय प्रशासनले विराटनगरमा समुदाय स्तरमै कोरोना रहेको निष्कर्ष निकालेको छ ।

विराटनगरमा तीन दिन यता ११ जनामा कोरोना पुष्टि भएको छ । ड्राभल हिष्ट्री नभएकाहरुमा पनि कोरोना पुष्टि भएको हो । संक्रमित ११ मक्य ४ जनाको कुनै ट्राभल हिष्ट्री नभएको फेला परेको अस्पताल र सरोकारवालाले जनाएका छन् । बुधबार यता विराटनगरमा कोरोना पुष्टि हुनेको संख्या बढेको हो । बुधवार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर( ६ का एक पुरुषलाई कोरोना पुष्टि भएको थियो ।

बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर( ४ का एक पुरुषमा कोरोना पुष्टि भएको थियो । शनिबार थप तीन जनामा कोरोना पुष्टि भएपछि स्थानियमा चिन्ता थपिएको छ । बुधबार संक्रमण पुष्टि भएका चिकित्सक र प्रहरीको कुनै ट्राभल हिष्ट्री छ्रैन । शुक्रबार कोरोना पुष्टि भएका पुरुषमा पनि ट्राभल हिस्ट्री नभएको अस्पताल र स्थानिय प्रशासनले जनाएको छ ।

‘विराटनगरमा समुदायमै कोरोना पुगेको भन्दैविराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले सचेतना नअपनाए अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । समुदायमै कोरोना देखिएपछि सबै नागरिकको कोरोना परिक्षण गरिने भएको छ ।
विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि विराटनगरमा समुदाय स्तरमै कोरोना फैलिएको बताउँदै सचेतना अपनाउनुपर्ने बताएका छन् । समुदायमै कोरोना फैलिए पछि अब के गर्ने भन्ने विषयमा स्थानिय तह, प्रहरी प्रशासन छलफलमा जुटेका छन् ।

 

प्रतिकृया दिनुहोस्