अमेरिकाका वैज्ञानिकले मुखमा रहेका कोरो ना भाइ रस न ष्ट पार्ने नयाँ तरिका पत्ता लगाएका छन्।त्यहाँस्थित पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकले मुख कुल्ला गर्ने ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’को प्रयोगले पनि कोरो ना निष्क्रिय पार्न सकिने दाबी गरेका हुन्।
मुख सफा गर्ने यस्ता औषधिले कुल्ला गर्ने हो भने मुखमा रहेका को रोना भाइ रसको संख्या कम गर्न सकिने कुरा प्रयोगशालामा गरिएको परी क्षणबाट पुष्टि भएको उनीहरूको दाबी छ।वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरो ना भाइ रसमा हालेर अनुसन्धान गरिएको थियो। त्यस क्रममा केही हदसम्म को रोना भाइ रस नि ष्क्रिय भएको पाइएको उनीहरूको भनाइ छ।
जर्नल अफ मेडिकल भाइरोलजीमा प्रकाशित अनुसन्धानअनुसार बेबी स्याम्पुले २ मिनेटमा ९९.९ प्रतिशतसम्म तथा माउथवासले एक मिनेटसम्म गरगर गर्दा ९९.९९ प्रतिशतसम्म को रोना नि ष्क्रिय बनाउन सकिन्छ।को रोना सं क्रम ण भएका तथा क्वा रेन्टि नमा रहेका व्यक्तिले नियमित यो प्रयोग गर्ने हो भने निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।
दैनिक भास्करमा प्रकाशित खबरअनुसार पेनसिलवेनिया विश्वविद्यालयका माइक्रोबायोलजिस्ट क्रेग मेयर्सले भनेका छन्, ‘जबसम्म खोप आउँदैन, तबसम्म को रोना रोक्न यस्तै नयाँ-नयाँ तरिका खोज्न जरुरी छ।’
उनका अनुसार ओरल एन्टिसेप्टिक र माउथवास सजिलै पाइने कुरा हुन् भने यो मानिसले दैनिक प्रयोग गर्ने चिज पनि हुन्। जुन प्रयोग गरेर मुखमा रहेका भा इरसको संख्या निकै घटाउन सकिने उनको भनाइ छ।विज्ञका अनुसार नाक र मुख नै को रोना भा इरस शरीरमा प्रवेश गर्ने प्रमुख मार्ग हुन्।
प्रतिकृया दिनुहोस्