Thursday, March 4

अभिनेत्री काजल अग्रवालको विवाह भोलि हुँदै, अहिले धमाधम तयारी

October 29, 2020 273

काठमाडौं – साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाह भोलि अर्थात ३० अक्टोबरमा हुँदैछ। काजलको परिवारले उनलाई मिल्दो बेहुला व्यवसायी गौतम किचलूलाई खोजेका छन्।

व्यवसायी गौतम किचलूसँग काजलले भोलि मुम्बईमा विवाह गर्दैछिन्। काजलको घरमा अहिले विवाहको धमाधम तयारी भइरहेको छ। कोरोनाभाइरसको जोखिम अवस्थामान विवाहमा नजिकको आफन्त, साथीहरू मात्र बोलाइने बताइएको छ।

काजलले विवाहपछि पनि आफ्नो कामलाई निरन्तरता दिने बताएकी छिन्। विवाहको कार्यक्रम दुई दिन चल्ने बताइएको छ। बलिउडमा फिल्म ‘क्यों हो गया ना’ बाट डेब्यू गरेकी उनी पछि साउथ फिल्ममा लागेकी थिइन्। उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन्।

 

प्रतिकृया दिनुहोस्