Thursday, February 25

काठमाडौंको धापासीमा छु’रा प्र’हार गरी एक युवकको ह’त्या

October 30, 2020 273

काठमाडौँ : काठमाडौंस्थित धापासीमा अज्ञात समूहको छु’रा प्र’हारबाट २४ वर्षीय एक युवकको मृ’त्यु भएको छ । शुक्रबार (आज) बिहान टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका आशिष मगरको छु’रा प्र’हारबाट मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छु’रा प्र’हार गर्दा उनी गम्भीर घा’इते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छु’रा प्र’हार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन् । कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ ।

‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो । तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध विग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए । ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन् ।

कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भेटघाट गरेका थिए । ‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना भाइरस संक्रमण तथा पार्टीको विवादबारे सामान्य छलफल भयो । त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए ।

गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए । त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धी नभएको नेपाल पक्षले जनाएको थियो। भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्