Thursday, March 4

कञ्चनपुरको जङ्गलमा किशोर-किशोरीको शव भेटियो

November 2, 2020 250

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलामा रहेको जङ्गलमा दुई जनाको शव भेटिएको छ । जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षका टेकबहादुर कोली र १६ वर्षकी सीता साउदको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गएको असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका दुवै जनाको शव आज बिहान जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ ।
प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ । त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ ।
गएको मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा बेपत्ता भएका चौधरीको शव आज भेटिएको हो ।

प्रतिकृया दिनुहोस्