Tuesday, March 2

हेर्दा हेर्दै सुनको भाउ अब पुरानो मुल्यतर्फ फर्किदै, आपूर्ति बढ्ने, मूल्य अझै घट्ने

November 2, 2020 1228

काठमाडौँ,। स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम सुरु भएको छ । शुक्रबारको तुलानामा आइतबार प्रतितोला ९२ हजार ३ सय कायम भएको सुनको मूल्यमा अझै कमी आउने भएको छ । ‘एनआईसी, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ«े र एनएमबी बैंकले मगाएको ३ सय किलो सुन आउँदो सातासम्म आउने भएको छ । त्यसपछिको २० दिनको लागि सुनको सहज आपूर्ति भई मूल्य केही घट्नेछ’।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले भने । राष्ट्र बैंकले आयात अत्यधिक बढेकाले अर्थतन्त्रमा नकारात्मक असर पारेका बताउँदै चैत्र १ गतेदेखि सुनको आयातमा रोक लगाएको थियो । उसले चैत २० गतेदेखि बैंकर्स एसोसिएसनको सिफारिसमा वाणिज्य बैंकहरुलाई मात्र सुन आयातको अनुमति खुला गरेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्