Monday, March 8

माटोको ढिस्कोमा परेर एक महिलाको मृत्यु, दुई घाइते

November 3, 2020 221

जनकपुरधाम,धनुषाको टेश्वर गाउँपालिकामा दीपावलीको तयारीका लागि माटो लिन गएकी एक महिलाको ढिस्कोमा परि मृ त्यु भएको छ। अन्य एक बालिकासहित दुई जना गम्भीर घाइते भएका छन्।

बटेश्वर गाउँपालिका ४ राम्रो चोकका बिगला रविदासकी श्रीमती ३५ वर्षीया सुनिता कुमारी रविदासको मृ त्यु भएको इलाका प्रहरी कार्यालय साखुवा महेन्द्रनगरले जनाएको छ।

 

मंगलबार बिहान ७ बजे स्थानीय राजी यादवको खेतमा घर लिपपोतको लागि माटो लिन पुगेको बेला माथिबाट माटोको ढिस्को खसेको थियो। ढिस्कोमा सुनिताको घटना स्थलमै मृ त्यु भएको हो।

यस्तै सोही ढिस्कोमा परि स्थानीय जग्देव ठाकुरकी छोरी १४ वर्षीया मधुकुमारी ठाकुर र खुशीलाल शर्माकी श्रीमती २७ वर्षीया रिना कुमारी ठाकुर गम्भीर घा इते भएकी छन्। दुबै जनालाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।

श वलाई पो स्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।-शैलेन्द्र महतो/Nepalkhabar

प्रतिकृया दिनुहोस्