Tuesday, March 2

पूजाको प्रसाद खाँदा रंगेलीमा ४० जनाभन्दा बढी बिरामी

November 3, 2020 656

मोरङको रंगेली नगरपालिका–७ मा पुजाको प्रसाद खाँदा ४० जनाभन्दा बढी बिरामी परेका छन् ।

स्थानीय पिन्टुु दत्तकोे घरमा लगाइएको पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढी बिरामी परेका हुन् ।

कोजाग्रत पूर्णिमाका दिन बंगाली समुदायले प्रत्येक वर्ष लक्ष्मी पुजा गर्ने र त्यस दिन जाग्राम समेत बस्ने गर्छन् । सोही क्रममा १५ कात्तिकमा पिन्टुको घरमा लगाइएको पुजाको प्रसाद खाएका स्थानीय बिरामी परेका हुन् ।

पुजाको प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै युवा, बालबालिका, महिला लगायतमा झाडापखाला सुरु भएपछि उनीहरु रंगेली अस्पतालमासम्म उपचारका लागि पुगेका छन् ।

पिन्टुको घरका सबै बिरामी परेका छन् भने रंगेली अस्पतालमा ३० वर्षीय रमेश शर्मा, १४ वर्षीय वजरंग मण्डल, २२ वर्षीया सरस्वती शर्मा, ३६ वर्षीय मनोज सोनी, २० वर्षीय सन्तोष शर्मा, १५ वर्षीय कृष्ण शर्मा, २८ वर्षीय उमेश शर्मा, ६५ वर्षीया बिना देवी साह, ४० वर्षीय गयानन्द मन्डललगायतको रंगेली अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अन्य सामान्य विरामीको घरमै उपचार भइरहेको छ ।

रंगेली अस्पतालका मेडिकल अधिकृत स्वेता मण्डलले आइतबार राति देखि अस्पतालमा झाडापखाला हुने, बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने विरामीहरु आएको र उनीहरु सबैले एउटै घरमा पुजाको प्रसाद खाएको पाइएको बताइन् ।

उनले पुजामा पकाइएको खाना राम्रोसँग नपाकेको, पानी सफा नभएको, साग सब्जीमा विषादीको प्रयोगका कारण गर्दा फुड पोईजन भएको हुन सक्ने बताइन् । मेडिकल अधिकृत मण्डलले फुड पोइजनका कारण बिरामी परेकाहरु निको हुन २÷३ दिन समय लाग्ने बताइन् ।

रंगेली अस्पतालमा विरामीको चाप बढेपछि सामान्य लक्षण देखिएका बिरामीहरुको घरमै उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्