रामेछाप, १८ कात्तिक । रामेछाप जिल्लाको मन्थली नगरपालिका १२ गेलुको भोर्लेमा सोमबार दिउँसो आगलागी भएको छ । विद्युत सट भई स्थानीय जुना बुढाथोकीको घरबाट शुरु भएको आगोले ३ घर जलेर नष्ट भएका छन् ।
आगलागी बाट ४ बर्षका बालक गम्भीर घाइते भएका छन् । आगलागीका कारण घर भित्र रहेका ४ बर्षका बालक श्रवण बुढाथोकी गम्भीर घाइते भएका हुन् ।
घाइते बालकलाई मन्थली स्थित ताामाकोसी अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारका लागि सोमबार नै काठमाडौँ पठाइएको छ ।
आगलागी भए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र किर्नेबाट गएको नेपाली सेनाको टोलीले आगो निभाउनुका साथै अन्य उद्धारका कार्यहरु गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । पीडितहरुलाई प्रमुख जिल्ला अधिकारी शर्माले सोमबारनैे घटना स्थल पुगि राहत वितरण गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी शर्माले पीडित परिवारलाई घट्ना घटेको २४ घण्टा भित्र राहत सामग्री उपलब्ध गराउने सरकारको निति अनुसार घटना घटेको ५ घण्टा भित्र घटना स्थलमा नै पुगेर राहत स्वरुप आगोलागीबाट पिडित परिवारलाई नगद,४० हजार लता कपडा, टेन्ट त्रिपाल र राहत किट लगाएका सामाग्रीहरु वितरण गरेको छ ।
प्रतिकृया दिनुहोस्