Thursday, March 4

२५ सयको बिलमा वि’वादमा होटल सञ्चालकको ह’त्या

November 3, 2020 198

१७ वर्षका किशोरहरूले म’दिरा सेवन गरी पैसा तिर्ने विषयमा वि’वाद हुँदा होटल सञ्चालकको ह’त्या गरेका छन् । जिल्ला रोल्पा रुन्टीगढी–२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको २५ सयको बिलको बिषयमा वि’वाद हुँदा किशोरहरूले होटल सञ्चालकको ह’त्या गरि फरार भएका थिए ।

ह’त्या भएको १२ घण्टा पछि जिल्ला प्रहरी कार्यालय रोल्पा बाट परिचालित प्रहरी टोलीले ह’त्या अभियोगमा चार जना किशोरलाई पक्राउ गरेको छ । पुनको ह’त्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिका बाटै १२ घण्टा पछि स्थानीयहरूको सहयोगमा ती किशोरहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेका छन । उनिहरुको कात्तिक १६ गते अदालत बाट म्याद थप गरि थप अ’नुसन्धा’न भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अ’नुसन्धा’न बाट खुलेको छ । प्रहरीले उनीहरु माथि कर्तव्य ज्या’न सम्बन्धी क’सुर अनुसार मु’द्दा दर्ता गरेको छ । पछिल्लो समय रोल्पामा अ’परा’धीक गतिविधिमा बालबालिकाहरूको संलग्नता बढ्दै गईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्