Thursday, March 4

अमेरिकी चुनावः सबैभन्दा पहिले मतदान भएको ठाउँको पाँचै मत बाइडेनलाई, लगभक ट्रपको हार निश्चित।

November 3, 2020 400

वासिङ्टन, अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सुरु भएको छ।

सबैभन्दा पहिले मतदान गरेको स्थान न्यु ह्यामसायर राज्यको डिक्सभिल नचका पाँचै मतदाताले डेमोक्रेटिक प्रत्याशी जो बाइडेनलाई मतदान गरेका छन्।

यो स्थान अमेरिका–क्यानडा सीमानजिक पर्छ।

सो स्थानमा मध्यरातलगत्तै मतदान र मतगणना भएको थियो। यो स्थानमा १० जना मात्र मानिस छन्।

सन् १९६० देखि सो स्थानमा सबैभन्दा पहिले मतदान गर्ने परम्परा सुरु गरिएको थियो।

डिक्सभिल नचनजिकै रहेको मिल्सफिल्डमा पनि मध्यरातमै मतदान भयो। त्यहाँभने राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेका छन्। ट्रम्पले १६ मत पाउँदा बाइडेनले ५ मत मात्रै प्राप्त गरे।

प्रतिकृया दिनुहोस्