November 4, 2020 166
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा आइनसक्दै आफूले जितेको घोषणा गरेका छन्।
मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’
‘हामी ठूलो उत्सवका लागि तयार थियौँ,’ उनले भने, ‘हामीले सबै जित्दैथियौँ।’
उनले विपक्षीले धाँदलीको प्रयास गरेको आरोप पनि लगाए।
अझै मतदान भइरहेको भन्दै उनले अदालत जाने चे तावनी पनि दिए।
प्रतिकृया दिनुहोस्