Thursday, March 4

जो वाइडनले पछारे ट्रम्पलाई,अब जितका लागि ४ इलेक्ट्रोल मत मात्रै आवश्यक

November 5, 2020 227

काठमाडौं : अमेरिकाको राष्ट्रपति निर्वाचनमा जो वाइडन जितको नजिक पुगेका छन् । बुधबार भएको निर्वाचनमा डमोक्रेटिक पार्टीका उम्मेदबार वाइडनले यसअघि रिपव्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पले जितेका राज्यहरु मिजिगन, विसकन्सस र एरिजोनामा जित हासिल गरेपछि आगामी चार बर्षको लागि वाइडेन राष्ट्रपति हुने निश्चित जस्तै भएको हो ।

हालसम्मको मत परिणाम अनुसार वाइडनले २ सय ६५ इलेक्ट्रोल कलेज जितेका छन् भने राष्ट्रपति ट्रम्पले २ सय १४ मात्रै जितेका छन् । वाइडेनका लागि भावी राष्ट्रपति हुन अब जम्मा ४ इलेक्ट्रोल कलेज जित्नु पर्ने हुन्छ । वाइडनले इलेक्ट्रोल कजेल ६ भएको नेभोडाको मतगणनामा अग्रस्थानमा छन् ।

नेभोडामा जितेसँगै आगामी चार बर्षको लागि अमेरिकाको राष्ट्रपतिमा वाइडन निर्वाचित हुने निश्चित हुनेछ । जर्जिया, नर्थ क्यालोरिना, पेन्सिनभेनिया, अलास्का र नेभोडाको मतगणना सकिएको छैन् । यि चार राज्यमध्य वाइडनले नेभोडामा लिड गरेका छन् भने बाँकी सबै राज्यमा ट्रम्पले सानो मार्जिनमा लिड गरेका छन्। नेभोडा बाहेक अरु सबै राज्यमा ट्रम्पले जित हासिल गरेपनि उनलाई राष्ट्रपतिका लागि आवस्यक पर्ने इलेक्ट्रोल मत पुग्दैन।

वाइडन यसअघि तत्कालिन बाराक ओबामा राष्ट्रपति हुदाका उपराष्ट्रपति हुन् । उनी जलवायु परिवर्तन, अप्रवाशी लगायतका मुद्दाहरुमा लिवरल छन् । यता आफ्नो जित सुनिश्चित नभएपछि राष्ट्रपति ट्रम्पले भने मतगणनामा धाधलि भएको आरोप लगाएका छन्। उनले विसकन्ससमा फेरि मतगणना गर्नुपर्ने माग राखेका छन्।

शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपति चुनावलाई विश्वभरी निकै महत्वका साथ हेरिएको छ । अमेरिकाले लिने नीतिले विश्वकै अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि अमेरिकी चुनाव विश्वभर चासोको विषय हुनेगर्छ ।

प्रतिकृया दिनुहोस्