Wednesday, April 21

भाइको अन्त्येष्टि हेर्न सकेनन् महानायक हमालले, एक्लै बसेर रोइरहेको तस्विर सामाजिक संजालमा भाइरल

July 26, 2020 214

काठमाडौं- महानायक राजेश हमाल पछिल्लो समय गहिरो शोकमा रहेका छन् । कलिलै उमेरमा बुवा अनि अलि पछि आमालाई गुमाएको पिडा भुल्दा नभुल्दै एकमात्र भाईको पनि निधन भएपछि उनले पीडा सहन सकेनन् । एकमात्र भाईको अन्त्येष्टी हेर्न नसकेपछि अभिनेता हमाल एक्लै बसेर रोएको तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

हमाल र उनका दिदिहरु भिन्न भिन्न ठाउँमा बसेर कहिले जलिरहेको शव हेरिरहेका थिए त कहिले अनन्ततिर हेर्दै टोलाईरहेका थिए । हमालका भाई राकेश हमालको पार्थिव शरीर शुक्रवार काठमाडौं ल्याई पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

लामो समयदेखि कलेजो रोगसँग जुध्दै आएका राकेशलाई नकै पत्नीले कलेजो दिएकी थिइन्। तर स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएपनि उनको दिल्लीमै ज्यान गएको थियो । राकेशका परिवारमा श्रीमती तथा एक छोरा र एक छोरी छन्।

प्रतिकृया दिनुहोस्