Monday, July 26

विजय शाही वास्तविकता हेर्नुहोस्, मेमोरी किङ विजयको फर्मुला यस्तो, विश्वभर ब्यापक चर्चा ! (हेर्नुहोस भिडियो)

July 26, 2020 176

काठमाडौं। विश्व रेकर्ड कायम गरिसकेका कालिकोटका विजय शाहीलाई केही असम्बन्धित ब्यक्तिले झुटो हो भन्दै आरोप लगाएपछि उनले त्यस्ता ब्यक्तिलाई चुनौती दिएका छन् । उनले एक सार्वजनिक कार्यक्रममा आफुलाई झुटो भनेर टिप्पणी गर्नेलाई चुनौती दिएका हुन् । शाहीले दर्जनौ सहभागी कार्यक्रममा आफ्नो जादु फेरी देखाएका छन् । ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका विजयले केही वेरमै ५० पानाको किताव पनि कण्ठ गर्न सक्छन् । कम्युटरको मेमोरीमा जस्तो आफ्नो दिमागको मेमोरीमा राख्न सक्ने क्षमता भएका विजयलाई आफुले भनेकै बेलामा प्रस्तुती दिएनन् भनेर झुटो भन्दै प्रचार गरिएको थियो।

रिपोर्टस् क्लवमा आयोजित कार्यक्रममा उनलाई सम्मानका लागि भन्दै बोलाईएको थियो । सो कार्यक्रममा जाँदा उनले आफुले प्रस्तुती दिनुपर्छ होला भन्ने अनुमान गरेका थिएनन् । त्यो भन्दा अघिल्लो दिन उनी राती २ वजे सम्म एउटा कार्यक्रममा ब्यस्त थिए । थकान र निन्द्राले गर्दा उनले तयारी नगरी कार्यक्रममा गए । तर सम्मानका लागि बोलाएको कार्यक्रममै प्रस्तुती दिन दववा दिइयो । उनले त्यहाँ प्रस्तुी दिएनन् । त्यसपछि उनलाई झुटो भन्दै प्रचार गरियो। विश्वरेकर्ड बनाई सकेका ब्यक्तिलाई झुटो भन्दै गरेको प्रचारले उनी आ’त्तिए । ह’तास हुँदै युट्युवरका घरदैलोमा धाउन थाले।

तर शुक्रवारको एक कार्यक्रममा उनले फेरी दर्जनौ ब्यक्तिका अगाडी आफ्नो प्रस्तुती देखाए । उनले आफुलाई त्यसरी झुटो भनेर दावी गर्नेहरुकै अगाडी कुनै दिन प्रस्तुती दिने बताएका छन् । आफ्ना बारेमा नकारात्मक समाचार बनाउने र भिडियो प्रस्तुत गर्नेहरुसंग अब नबोल्ने उनले बताएका छन् । उनले युट्युवमा यसवारे अन्तरवार्ता नदिने बताएका छन् । भित्र भिडियो अर्कै हुन्छ तर हेडलाईन अर्कै बनाएर हालिन्छ, म अब सबै पत्रकारलाई इन्टरभ्यु दिन्न उनले भनेका छन्।

यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्