Wednesday, April 21

अष्ट्रेलिया पनि कोरोनाको जोखिममा एकै दिन थपिए ४ सय ५० संक्रमित

July 26, 2020 237

एजेन्सी – विश्वभर फैलिएको कोरोनाभाइरसबाट अस्ट्रेलियामा पहिलोपटक एकै दिन १० जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियाका स्वास्थ्य अधिकारीका अनुसार आइतबार एकै दिन १० जनाको कोरोनाभाइरसबाट मृत्यु भएको जानकारी दिएका छन् । भिक्टोरियाको राजधानी मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनको स्वरुप कडा गरे पनि कोरोना संक्रमण न्यून नभएको जानकारी दिएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भइइसकेको छ । २४ घण्टा यता भिक्टोरिया राज्यमा ४५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको कूल संख्या करिब १४ हजार छ

 

प्रतिकृया दिनुहोस्