Thursday, March 4

तिब्रगतीको टिपर ३ सय मिटर तल खस्दा ज्या’न गयो रामहरि राजेन्द्रको

November 6, 2020 165

काठमाडौं, २१ कात्तिक-नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-३ भुटुकेडाँडा सल्लाघारीस्थित सडकमा प्रदेश २-०३-००१ क ००७५ नम्बरको टिपर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा टिपर चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरि थापा र सह चालक सोही स्थान बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृ’त्यु भएको छ ।
पाल्पा, रम्भा गाउँपालिका-४ रक्सास्थित राम प्रसाद खनालको खेतमा लु.३ त ९८१२ नम्बरको ट्याक्टरले माथागढी गाउँपालिका-४ ज्यामिरे बस्ने ६६ वर्षीय टिका बहादुर जिसीलाई बिहीबार बिहान ठक्कर दिँदा घटनास्थलमै मृ’त्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ-थाक्रे गाउँपालिका-१ खहेरघारीस्थित सडकमा ना.५ ख ५७२१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने ३४ वर्षीय शेख अलि अख्तरको मृ’त्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अख्तरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ट्रकमा सवार २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

बाँके- कोहलपुर नगरपालिका-३ मैटहवा चोकस्थित सडकमा भे.१ त ५८७५ नम्बरको ट्याक्टरले भे.४ प ६३५३ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-२ बस्ने २५ वर्षीय नरेश थारुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका नरेशको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृ’त्यु भएको हो । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ- सुन्दरहरैचा नगरपालिका-८ चिउरा मिलस्थित सडकमा को.३ त १३ नम्बरको ट्याक्टर र को.१६ प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दु’र्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्