काठमाडौं, २१ कात्तिक – कोरोना संक्रमितको उपचार फेरि निःशुल्क हुने भएको छ । सरकारले यसअघिको निर्णय सच्याएर उपचार पुनः निःशुल्क गर्ने व्यवस्था गर्न लागेको हो ।´
कोरोना संक्रमितको उपचार निःशुल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकृत गरेपछि सरकारले नयाँ प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरेको हो ´। सर्वोच्चको फैसला अनुरुप नै अबको प्रस्तावमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने गरी पूर्व निर्णय सच्याउन लागिएको छ´ ।
यसअघि सरकारले निःशुल्क उपचार गर्दै आएकोमा सक्नेले उपचार शुल्क आफै व्यहोर्ने गरी नयाँ निर्णय गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि निःशुल्क उपचार गर्नु गराउनु भनी आदेश जारी भएको थियो `। सरकारले उक्त फैसला पुनरावलोकन गर्न निवेदन दिएकोमा बिहिबार खारेज गरिदियो ´।
सर्वोच्च अदालतले यसअघि संक्रमितको उपचार निःशुल्क गर्न नसकिने भन्ने सरकारो निर्णयलाई गलत ठहराएपछि सरकारमाथि उपचार निःशुल्क गर्नुपर्ने वाध्यात्मक अवस्था बनेको थियो ´।१५ असोजमा सर्वोच्चको फैसला उल्टाउन स्वास्थ्य मन्त्रालयले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरकेो थियो ´। न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले फैसला पुनरावलोकन गर्न नपर्ने भनी आदेश जारी गरेपछि सरकारले मन्त्रिपरिषद्बाट पुरानो निर्णय सच्याउने तयारी गरेको हो´ ।
प्रतिकृया दिनुहोस्