Monday, March 8

ट्रम्पका छोराले भारतको नक्सा बदलिदिएको भन्दै भारतमा मोदी र ट्रम्पको विरोध

November 6, 2020 181

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जति जयजयकार गरे पनि अमेरिकी राष्टपति डोनल्ड टम्प र उनको समूहले भारतको नक्सा नै फेरबदल गरिदिएको भन्दै सामाजिक सञ्जाल तातेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोरा डोनल्ड ट्रम्प जुनियरले विश्वको नक्साबाट भारतका काश्मीर र अन्य राज्यहरु हटाएर ट्वीट गरेको तथा भारतलाई टम्पविरोधी राष्टहरुको सूचिमा राखेको कुराले भारतमा चर्को विरोध शुरु भएको हो ।

ट्रम्प जुनियरले निर्वाचनका सन्दर्भमा विश्वका अधिकांश भागहरु रिपब्लिकन पार्टीको समर्थनमा रहेको उल्लेख गर्दै इलेक्टोरल म्याप प्रेडिक्सन सार्वजानिक गरेका हुन् ।

उनको यो ट्वीट यो समाचार प्रकाशन गर्दासम्म ८१ हजार मानिसले लाइक गरिसकेका छन् भने ३७ हजारभन्दा बढीले रिट्वीट गरेका छन् ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा साहित्यकार शशी थरुरले मोदीको चाकडीको परिणाम टम्पले भारतीय सीमाबाट काश्मीर र उत्तरका राज्यहरु हटाएर नक्सा ट्वीट गरेको भन्दै ट्वीटरमा मोदीको विरोध शुरु गरेका थिए ।

राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनल्ड ट्रम्प जुनियरले गरेको ट्वीटमा भारतलगायत केही देशहरुबाहेक सबै नै रिपल्किन पार्टीको समर्थक भन्दै रातो रंग भरिएको छ ।

रिपल्किन विरोधी देशहरुमा चीन, मेक्सिको, भारत, क्युवा, सेनेगल, लाइबेरिया र गिनीविसाऊलाई नीलो रंग लगाइदिएर डेमोक्रेटिक पार्टीका समर्थकको आरोप टम्प जुनियरले लगाएका छन् ।

यही ट्वीटलाई रिट्वीट गर्दै थरुरले मोदीले करोडौं खर्च गरेर भारतमा बोलाई रंगशाला लगी टम्पको गुणगान गाएको परिणाम भारतलाई मेक्सिको र चीनसंगै र उनीहरु जस्तै भएको लिष्टमा राखेको आरोप लगाएका छन् ।

ट्रम्प जुनियरबाट गरिएको ट्वीटमा भारतका काश्मीर र उत्तर पूर्वी राज्यहरु भारतको नक्साभित्र छैनन् । भारतको नक्सा अदलबदल गरी प्रस्तुत गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्