Saturday, March 6

अनलाइन कक्षामा भएको गडबडीले ११ बर्षीय विद्यार्थीले यो संसार छोडे

November 7, 2020 675

काठमाडौं । कोरोना महामारीका कारण अहिले अनलाइन कक्षा विश्वभर प्रचलनमा रहेको छ । तर यसबाट विद्यार्थीमा पर्ने मानसिक तनावका बारेमा सत्य जानकारी पाउँदा जो कोही हैरान हुनसक्छन् । यस्तै एक डरलाग्दो घटना हालै घटेको छ ।अनलाइन कक्षा पढिसकेपछि, ११ वर्षीया विद्यार्थी बाथरूममा गएर टाईको सहयोग लिएर यो संसारबाट विदा भएका छन् । घटना बुधवार साँझ थाटीपुर प्रहरी चौकी क्षेत्रको दर्पण कोलोनीमा भएको थियो । परिवारको खोजीमा बाथरूममा पुग्दा घटनाको खुलासा भएको थियो ।

घटना पत्ता लागेपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । एक निजी कम्पनीमा ईन्जिनियर अलकेश सक्सेनाको ११ बर्षे छोरा सार्थक बुधवार साँझ घरको अनलाइन कक्षामा अध्ययनरत थिए । अध्ययनपछि उनी बाथरूम गए । जब उनी लामो समय पछि पनि बाहिर आएनन्, तब परिवार उनलाई खोज्न कोठामा पुगे, तर कोठा खाली थियो ।

कोठा खाली देखेर, परिवार उनलाई खोज्दै बाथरूममा पुगेर उनलाई स्कूलको टाईसँगै देखेका थिए । उनलाई तत्काल अस्पताल लगिएको थियो तर त्यो बेलासम्म उनको मृत्यु भैसकेको थियो । घटना थाहा पाउने बित्तिकै परिवारले प्रहरीलाई खबर गरे । सूचना पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्‍यो ।

उनले झ्यालमा एउटा टाई बाँधेर त्यो सबथोक गरेको बताइएको छ । अनलाइन कक्षामा पनि केही गडबढ भएको खुलेको छ । उनी थाटीपुर चौराहेको निजी विद्यालयमा अध्ययन गर्दै आएका थिए ।मृतक सार्थकको परिवारका अनुसार उनी गएको ५ दिनदेखि टाई बाँध्न सिक्दै थिए, जसको मद्दतले उनले यो संसारबाट विदा भएर जानुपर्यो । तर आमाबाबुलाई ख्याल नै भएन कि छोराले टाईबाट यतिसम्म गर्न सक्छन् ।

आरवीएस विमल, प्रहरी चौकी इन्चार्ज थातीपुरका अनुसार छोरालाई त्यस्तो अवस्थामा देखेपछि बच्चाको परिवारले उनलाई अस्पताल लगेका थिए । त्यसैले फोरेन्सिक टोली बोलाइएको थिएन ।किन उनले यस्तो कदम चाले, यी परिवारहरू पनि भन्न सक्ने अवस्थामा छैनन् । एउटा आशंका भने उनले टाई मिलाएर लगाउन नसकेको त्यही कारण साथीहरुले जिस्क्याएको मात्र उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्