Sunday, June 20

प्रधानमन्त्री ओलीले गरे पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल

November 8, 2020 284

कात्तिक २३, काठमाडौं । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेका ४ जना नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता माधव कुमार नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो चरण पार्टीमा देखिएको विवादकै विषयमा उनीहरुसँग छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए ।

प्रतिकृया दिनुहोस्