Saturday, March 6

मलेसियाले अचानक नेपाली कामदार लैजान रोकेपछि श्रम स्वीकृति लिएका ३५ हजार कामदार अलपत्र

November 9, 2020 218

काठमाडौं। मलेसियाले अचानक नेपाली कामदार लैजान रोक लगाए पछि ३५ हजार नेपाली अलपत्र परेका छन् । कोरोनाको जोखिम बढेको भन्दै मलेसियाले नेपाली कामदार लैजान रोक लगाएको हो । कोरोना महामारी थप फैलने भन्दै कामदार लैजान रोक लगाएपछि श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अलपत्र परेका हुन् ।

मलेसियामा कोरोनाको जोखिम कम हुँदै गएको भन्दै जनवरी देखि नयाँ श्रमीक लैजान योजना बनाइएको थियो । तर थप जोखिम बढेपछि फेरी अहिले रोक लगाइएको हो ।

जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोरोना नियन्त्रणमा देखिएको मलेसियामा पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिबारमात्रै एक हजार एक सय ६८ जनामा कोरोना पुष्टि भएको थियो ।

नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत नदिइ करार नवीकरणका लागि आग्रह समेत गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्