Monday, March 8

के अब सकियो कोरोनाको त्रा’स ! पहिलो परीक्षण सफल भएको खोपले ९० प्रतिशत सुरक्षा दियो

November 10, 2020 183

मंगलबार २५ कार्तिक २०७७

बीबीसी – अब कोरोना भाइरस (कोभिड–१९) को त्रा’स लगभग सकिने संकेत मिलेको छ । यो सन्देश बीबीसीले ब्रेकिङ्ग न्यूजको रुपमा प्रशारण गरिरहेको छ।

पहिलो सफल कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गरेको निश्कर्षसँगै अब कोरोनाको त्रा’स समाप्त हुने संकेत देखिएको सन्देश अहिले बीबीसी मार्फत संसारभरी फैलिएको हो । यो प्रारम्भिक विश्लेषण भएको उल्लेख गरिएको छ।

खोप विकासकर्ता फाइजर र बायोएनटेकले विश्व स्वास्थ्य तथा मानवताका लागि चाँडै नै अति नै खुशीको खबर दिन सक्षम हुने दावी गरेको हो । उसले अहिलेसम्मका सबै परीक्षण सफल भएको साथै मानिसलाई ९० प्रतिशत सुरक्षा दिन खोप सक्षम भएको दावी गरेको छ।

प्रतिकृया दिनुहोस्