Tuesday, March 2

दु:खद खबर : कोरोना संक्रमणबाट एक अनमीको निधन

November 10, 2020 272

काठमाडौं । कोरोना संक्रमणबाट एक अनमीको निधन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकी रुपन्देहीमा कार्यरत वर्षकी सिनियर अनमी गोमा गुरुङको सोमबार राती पौने १० बजे भैरहवास्थित भीम अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य सेवामा गुरुङ २० बर्ष अघिदेखि कार्यरत हुनुन्थ्यो । भीम अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले कात्तिक १७ गते गुरुङलाई गम्भिर अवस्थामा अस्पताल ल्याइएकोमा भोलिपल्ट कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नआएपछि कार्तिक २४ गते गुरुङको निधन भएको पोखरेलले बताउनुभयो ।

यसअघि नेपालमा कोरोना संक्रमणबाट १ डाक्टर, ५ नर्स,२ अहेव र १ प्रयोगशालाकर्मी गरि ९ स्वास्थ्यकर्मीको निधन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्