Tuesday, June 22

कोरोना कहरबीच शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

July 27, 2020 353

साउन १२, २०७७ जनकपुरधाम : प्रदेश २ मा कोरोना स‌ंक्रमित र मृतकको संख्या बढिरहे पनि जनकपुरधामका सर्वसाधरणले सतर्कता अपनाएका छैनन्। साउनको दोस्रो सोमवार जनकपुरको शिवालयहरुमा दर्शनार्थीहरु सतर्कता नअपनाइ पुगेका छन्। सरकारले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेका छन्। आइतबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी मास्क नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको थियो। तर, मठमन्दिरमा विनामास्क, भिडभाड गरेर पूजापाठ गरे पनि सम्बन्धित निकाय मौन रहेको छ। प्रदेश २ मा अहिलेसम्म कोरोना संक्रमण्बाट १२ जनाको मृत्यु भइसक्यो । हजारौं संक्रमित आइसोलेशनमा उपचाररत छन् । कोरोनाको संक्रमित झन झन बढ्दै गएको बेला सर्वसधारण सचेत देखिदैन।

प्रतिकृया दिनुहोस्