Wednesday, April 21

ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

July 27, 2020 396

साउन १२, २०७७ कैलाली : ट्रकको ठक्करबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार २६ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको बौनिया प्रहरीले जनाएको छ। सोमबार बिहान स्थानीय टिन बजार नजिक ना ६ ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बोहोराको घटनास्थलमै मृत्यु भएको हो। बौनियास्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यारत उनी लम्कीचुहा नगरपालिका–६ बाघामाराकी बासिन्दा हुन्। ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवतीको मृत्युपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन्। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्