Sunday, June 20

कोरोना संक्रमणबाट स्याङ्जाका युवाको साउदीमा मृत्यु

July 27, 2020 294

साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ ।कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिन देखि उपचाररत स्याङ्जा गल्याङ नगरपालिका वडा नम्वर ८ का एक युवाको मृत्यु भएको हो ।

साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय युवाको आईतवार निधन भएको उनी निकट रहेका बालकृष्ण पंगेनीले बताए । उनि नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडी मात्र साउदीअरव पुगेका थिए ।

प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहेका युवा स्याङ्जा सहयोग समाज लगायत विभिन्न संघसंस्थामा आबद्ध थिए ।

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहेका युवा स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा सक्रिय रहेको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले बताए ।

श्रीमती सहित साउदीमा बस्दै आएका युुुवा बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर साउदी पुगेका थिए ।श्रेष्ठको श्रीमती, आमा र एक जना भाई रहेका छन् ।

प्रतिकृया दिनुहोस्