Sunday, March 7

अशोक राइ जीप दुर्घटनामा घाइते भए पछि हेलिकप्टरबाट काठमाडाैँ ल्याइयो

November 11, 2020 389

काठमाडाैँ । जीप दुर्घटनामा घाइते भएका अशोक राइलाई हेलिकप्टरबाट काठमाडाैँ ल्याइएको छ। गत आइतबार ओखलढुंगाको मानेभञ्ज्याङ गापा सानोजुरेमा बुलेरो ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका अशोक राईलाई मंगलबार काठमाडाैँ ल्याएको हो ।

लामो समय दुबई पुलिसमा काम गरेर स्वदेश फर्किएका थिए राई। देशमा नै केही गर्नुपर्छ भनेर देशको सेवा गर्न लागि परेका राइले, जीप किनेर गाउँमा विभिन्न सामग्रीहरुको ढुवानी गर्ने काम गरिरहेका थिए । ओखलढुंगा मिसन अस्पतालमा प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडाैँ ल्याइएको हो ।

घाइतेको अवस्था गम्भीर रहेको छ । नेकपा ओखलढुंगा जिल्ला कमिटी सदस्य तथा चिशंखुगढी गापा सह इन्चार्ज किसन कुमार राई तथा अनेरास्ववियु पुर्व केन्द्रिय सद्स्य किरण देउजाले घाइतेलाई ओखलढुंगा पुगेर ल्याएका हुन्। घाइतेको अहिले ग्वार्को ललितपुर स्थिति बि एण्ड बि अस्पतालमा उपचार भैरहेको छ। अहिले राइको अवस्था खतरामुक्त रहेको किसन राइले जानकारी दिए ।

सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारेको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विगतमा पनि निःशुल् गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट गर्नुभयो । खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो ।

नेपालमा अहिलेसम्म १५ लाखभन्दा बढीको पिसिआर परीक्षण गर्दा दुई लाखमा सङ्क्रमण पुष्टि भएको छ । शुरुमा कोभिड–१९ को पिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकामा हाल नेपालमै रकारी र निजी गरी ७३ प्रयोगशालाबाट पिसिआर परीक्षण गर्ने गरिन्छ । सरकारले स्वइच्छाले पिसिआर परीक्षण गर्नका लागि परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।

ती प्रयोगशालाबाट दैनिक १५ हजारको सङ्ख्यामा परीक्षण भइरहेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले दुई वटा कल सेन्टरबाट सेवा प्रदान गरिरहेको छ । कोभिड–१९ को रोकथाम र उपचारका लागि मन्त्रालयले करिव दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर बनाएको छ ।

प्रतिकृया दिनुहोस्