Thursday, March 4

चर्पी उद्घाटन गर्न मन्त्री र नेताको लस्कर, यस्तो आयो सामाजिक सञ्जालमा प्रतिक्रिया

November 12, 2020 169

जिल्ला प्रहरी कार्यालय नुवाकोटको चर्पी र भान्साको उद्धघाटन बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमकट्टेलले गरेका छन् ।

नुवाकोटका प्रहरी प्रमुख एसपि तुलबहादुर कार्कीले बितरण गरेको निमन्त्रणा पत्रमै भान्सा र चर्पी उद्घाटनको लागी मन्त्री आउने उल्लेख थियो । प्रहरीले बोलाएपछि मन्त्री पनि खुरुक्क चर्पी उद्घाटन गर्न पुगेका छन् ।

प्रहरीले निम्तो पत्रमा उल्लेख गरिएको कार्यक्रमबारे सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी समेत भएको छ । सामाजिक सञ्जालमा सबैले मन्त्रीलाई नराम्रो भनिरहेका छन् ।

चर्पी उद्घाटन गर्न मन्त्री मात्र होइन, नेकपा बाग्मती प्रदेश प्रमुख सचेतक केशबराज पाण्डे, नेकपा नुवाकोट अध्यक्ष एवं बाग्मती प्रदेश सभा सदस्य हिरानाथ खतिवडा लगायत नेता लस्कर लागेर गएका थिए ।

प्रतिकृया दिनुहोस्