Sunday, February 28

‘म बा’च्छु जस्तो लागेकै थिएन,भा’ग्यले मात्रै जोगिएको हुँ ‘ बैतडी बस दु’र्घटनाका घा’इतेले दिए यस्तो ब’यान

November 13, 2020 325

दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रास’दीपूर्ण र भ’यानक बन्यो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसले एक्कासी सडक छाड्दा अब बाँ’चिदैन भन्ने लाग्यो ।

अहिले आफूलाई अस्पतालको शय्यामा पाउँदा उनलाई पु’नर्जीवन पाएजस्तै भएको छ । बसको अन्तिमतर्फको सिटमा थिए उनी । जब बसले नियन्त्रण गुमायो, उनको होस हवास गुम्यो । ‘आकाशमा गाडी तीन पल्ट घुम्यो, के भइरहेको छ भनेर अनुमान गर्न नपाउँदै रुख’मा ब’जारिएँ,’ उनले सुनाए ।

दशरथ चन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घ’टना हुँदा उनलाई रुखले जोगायो । झ्यालतर्फ रहेका उनी रुख’मा ब’जारिए र त्यहिँ रोकिए । तर, उनीजस्तै ९ जना यात्रुको मृ’त्यु भयो, ३४ जना घा’इते भए । ‘म बा’च्छु जस्तो लागेकै थिएन,’ उनले भने, ‘भा’ग्यले मात्रै जोगिएको हुँ ।’बस घुम्ती सडकबाट करिब ६ सय मिटर तल ख’सेको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

बैतडीको दोगडाकेदारका नितेस भट्टको होस खुल्दा घ’टनास्थलमा चि’त्कार मात्रै थियो । ‘ब’चाउ’, ‘ब’चाउ’ भन्दै रोएका आवाज उनले सुने । बिहीबार ७ बजे कञ्चनपुरका लागि प्रस्थान गरेका उनीलाई त्यो दुर्घ टनाको सम्झनाले मात्रै पनि त्र’सित बनाउँछ ।

‘बसले रोड छोडेको आ’भास भइसकेको थियो,’ शुक्रबार बिहान डडेल्धुरा अस्पतालबाट उनले भने, ‘गाडी घुमेको याद छ । र त्यो पछि के भयो थाहै भएन ।’

उनको होस आउँदासम्म त्यहाँ उ’द्धारकर्मी पुगेका थिएनन् । उनले फोन गरेर सडक दु’र्घटना भएको जानकारी दिए । त्यसपछि उद्धार टोली पुग्यो ।

‘म आफैं घा’इते थिएँ । धेरैले मलाई नै ब’चाउ–ब’चाउ भन्दै थिए,’ त्यो पल सम्झँदै उनले भने, ‘एक बालक थिचिएको थियो । उनकी आमाले रुँ’दै ब’चाउन भन्नुभयो । मैले सकिनँ ।’

पछि प्रहरीको सहयोगमा बालकको उ’द्धार गरिएको उनले बताए । दु’र्घटना हुनुभन्दा केही समय अघि बस बिग्रिएको उनले जानकारी दिए । ‘त्यो बस बिग्रिएको थियो,’ उनले भने, ‘त्यहि भएर दु’र्घटना भएको हुन सक्छ ।’

प्रहरीले अहिलेसम्म दु’र्घटनाको कारणबारे तथ्यगत जानकारी दिन सकेको छैन । तर, घा’इतेहरूले प्राविधिक गडबढी भएको र तीव्र गतिमा बस रहेको बताएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

‘यकिन कारण अझै खुल्न सकेको छैन । चालक पनि घाइते छन्, हामीले बुझ्नपाएका छैनौं,’ उनले भने, ‘यात्रुले गति बढी रहेको र बस बिग्रिएको बताएका छन् ।’

प्रहरीलाई पूर्णरुपमा उद्धार गर्न करिब ८ घण्टा लागेको थियो । बस चालकसहित ९ जना घा’इतेहरुको धनगढीमा उपचार भइरहेको छ । केही सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बस दु’र्घटना भएको खबर प्रहरीले राति १०ः२४ मा पाएको थियो । त्यसलगत्तै उ’द्धारमा खटिएको प्रदेश प्र’हरी कार्यालयका निमित्त प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । अनलाईन खबरबाट साभार गरिएको हो।

 

प्रतिकृया दिनुहोस्