धनकुटा खबर । रुखबाट ल,डेर घा,इते भए पछि उपचारमा गएकी धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक महिलाको उपचारको क्रममा मृ,त्यु भएको छ । उपचारका क्रममा कोरोनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
घाँस झार्न रुखमा चढ्दा लडेर घा,इते भएकी धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको बिहिबार साँझ ७ बजे १५ मिनेटमा मृ,त्यु भएको थियो ।
टाउकोमा चोट लागेर गंभीर अवस्थामा उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको र अप्रेसन समेत भइ सके पछि कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
कोरोना संक्रमण पुष्टि भएकाले मृतकको श,वलाई धनकुटा ल्याउँदा जोखिम हुने भन्दै त्यतै अन्त्यष्टि गर्न भनिएको समेत प्रमुख गुराँगाईले जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्