Thursday, March 4

आज कार्तिक२९ गते शनिबार को राशिफल पढ्नुहोस

November 14, 2020 290

वि.सं.२०७७ साल कार्तिक २९ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्दशी,१८ घडी २९ पला,दिउसो ०१ बजेर ३९ मिनेट उप्रान्त औशी । नक्षत्र–स्वाती,३६ घडी ११ पला,बेलुकी ०८ बजेर ५३ मिनेट उप्रान्त विशाखा । योग–आयुष्मान । करण– शकुनि,दिउसो ०१ बजेर ४९ मिनेट उप्रान्त चतुष्पद,रातको १२ बजेर ३७ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५३ पला । यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार। प्रातस् तैलस्नान। दीपमालिका, लक्ष्मी-पूजा, दीपावली, सुखरात्रि। दर्शश्राद्ध। निशि बार्ने औंसी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

 

प्रतिकृया दिनुहोस्