Tuesday, March 2

बैतडीको बस दुर्घटना : जीवनसाथी ‘एक्लै पारेर’ सधैंलाई अस्ताए

November 14, 2020 261

कात्तिक : जीवनभर सुखदु:ख जे जस्तो परिस्थिति आए पनि सँगै बाँच्ने बाचाकसमका साथ एक भएका हुन्छन् विवाह गर्ने हरेका जोडी। तर बन्धनमा बाँधिएको केही वर्षमै एक अर्कालाई कहिल्यै नदेख्ने गरी छुटिटनुपर्छ भनेर कसैले कल्पना पनि गरेको हुुँदैन।

तर दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति बस दुर्घटनामा परी ९ जनाको ज्यान गयो। त्यसमध्ये ३ जोडी कहिल्यै नदेखिले गरी सधैंका लागि छुट्टिएका छन्। उनीहरु सँगै यात्रारत थिए।

दुर्घटनामा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखापरीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरीको बस दुर्घटनामा निधन भयो। ​

जोशीले आफ्नी जीवन साथी विमला, रनबहादुरले दीपा र करनले विमलालाई सधैंका लागि छोडे। दीपा भने डडेल्धुरामा सामान्य उपचारपछि घर फर्किसकेकी छन् भने दुवै विमला अहिले पनि उपचारमा छन्।

तराई जानका लागि बसमा चढेका थिए उनीहरु।

दुर्घटनामा मृत्यु भएका कविन्द्रप्रसाद जोशी आफ्नी श्रीमती र छोरासँगै महेन्द्रनगर गइरहेका थिए। एक वर्षअघि मात्रै लोकसेवा आयोगको परीक्षा पास गरेका थिए कविन्द्रले।

‘यो घटनाले कहिले नभुल्ने घाउ बनाएर गएको छ। कलिलो उमेर भतिजाको मृत्यु भएपछि परिवारमा ब्रजपात भएको छ,’ कविन्द्रका आफन्त हेमराज जोशीले भने ‘एक वर्षअघि मात्रै सरकारी जागिरमा लागेको थियो। हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भइरहेको छ। दैवले दिएको चोट सहनुको विकल्प छैन।’

दोगडाकेदार–६ कै रणबहादुर पनि बिहीबार भएकै बस दुर्घटनामा बिलाए। श्रीमतीसहित उनी पनि तराई जाँदै थिए। ​ऐरीको मृत्युले मर्माहत बनाएको उनका साथी भुवन कार्कीले बताए। श्रीमती र छोरासहित भाइटीकाका लागि बेलौरी हिँडेका करन बीच बाटोमै बिलाए।

 

प्रतिकृया दिनुहोस्