Sunday, February 28

सडक किनारमा किनेको एक हजारको औंठी, बेच्न जाँदा हात लाग्यो १० करोड

November 14, 2020 215

यस्तो अचम्म एक्दमै बिरलै हुन्छ । तर कहिले काहिँ मानिसलाई नसोचेको फाइदा पुग्छ । समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ ।

यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् । न त यस्तो हुन्छ भन्ने उनले कल्पना गरेकी थिइन् न त सपनामै देखेकी थिइन् ।

द सनमा प्रकाशित समाचार अनुसार गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सडक किनारमा झण्डै १० पाउन्डमा किनेकी थिइन् ।

पछि तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन्  । गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए ।

गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड (करिब १० करोड ७५ लाख नेपाली रुपैयाँ) प्राप्त गर्यो । यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी अ भा व ग्रस्त जीवनबाट मुक्त भएका छन् ।

 

प्रतिकृया दिनुहोस्