Thursday, May 13

चीनको अल्टिमेटमपछि अमेरिकी कूटनीतिज्ञले पनि छोडे चीन, बन्द भयो दूतावास

July 27, 2020 100

काठमाडौं । अमेरिका र चीनका बीचमा यतिबेला सम्बन्ध विग्रिएको छ । अमेरिकामा चिनियाँ नागरिकलाई अप्रत्यक्ष रुपमा देश छोड्न बाध्य पारिएको छ भने चीनमा पनि अमेरिकी नागरिकलाई त्यस्तै अवस्था छ । चीनमा रहेको अमेरिकी वाणिीज्य दुतावास पनि सोमवारवाट बन्द भएको छ । चीनले आजका लागि कार्यालय बन्द गर्न समय दिएको थियो । चीनले दिएको समय पुरा हुनुभन्दा केही घण्टा अगाडी कर्मचारीले कार्यालय छोडेका छन् । चीनको चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासको कार्यालय थियो ।

चिनले सोमबार बिहानसम्म वाणिज्य दूतावास बन्द गर्न समय दिएको थियो । उनीहरु सरसामान लिएर कार्यालयबाट बाहिरिएका छन्।अमेरिकी कर्मचारीले कार्यालय छाडेसँगै वाणिज्य दूतावास बन्द भएको बिबिसीले जनाएको छ। दुवै मुलुकले वाणिज्य दूतावासमार्फत एक(अर्काविरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी कूटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो। धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकेका थिए भने कतिपयले सेल्फी लिइरहेका देखिन्थे। चीनवाट कोरोनाको सुरुवात भएपछि अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले चिनियाँ भाइरस भन्दै टिप्पणी गरेपछि यि देशबीचको सम्बन्धमा थप समस्या आएको थियो ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएपछि चीनले पनि आफ्नो मुलुकमा रहेको अमेरिकी कार्यालय बन्द गर्न भनेको थियो । चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न ७२ घण्टे समयसिमा दिएको थियो।

अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिएका छन्। कर्मचारीले कूटनीतिक चिन्ह हटाएका छन्। वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटिएका छन्।

 

प्रतिकृया दिनुहोस्