हरेक दिन बिहानै पाइलट अजरिन जाववी काममा जानका लागि सेतो युनिफर्म र शिरमा कालो रङको क्याप्टेन ह्याट लगाउँथे, अहिले पनि उनी बिहान त्यसै गर्छन्।
पहिले युनिफर्म लगाएर उनी मालिन्डो एयर उडाउन विमानस्थलतर्फ जान्थे भने अहिले मलेसियाको राजधानी क्वालालम्पुरस्थित सानो फुड स्टल पुग्छन्।
महामारीको अहिलेको समयमा आफूले हिम्मत नहारेको कथाले अन्यलाई प्रेरणा दिने अजरिनको विश्वास छ। चुनौतीलाई अंकमाल गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
काठमाडौं। अजरिन मोहम्मद केही समयअघि मालिन्डो एयरको बोइङ उडाउँथे। तर कम्पनीले कोरोना भाइरसको महामारी बढेसँगै पाइलट र अन्य कर्मचारीलाई कामबाट बिदा गर्यो। अजरिनलाई जीवन चलाउन कठिन पर्दै गयो। उनले विकल्पको खोजी गरे।
भाइरसका कारण कयौं मानिसको जागिर गएको छ। कतिपयको आम्दानी निकै घटेको छ। कम्पनीहरूले उत्पादन घटाएका छन् वा बन्द नै गरेका छन्। महामारीको आठ महिना बितिसक्दा कतिपयले जिन्दगीलाई ‘न्यू नर्मल’का साथ आफ्नो बाटोमा ल्याउन सफल भएका छन् त कतिपय पीडामै छन्।
एक जना यस्ता मानिस मलेसियामा छन्, जो पेसाले पाइलट हुन्। आज उनी एउटा सानो फुड स्टल चलाउन बाध्य भएका छन्।
हरेक दिन बिहानै पाइलट अजरिन जाववी काममा जानका लागि सेतो युनिफर्म र शिरमा कालो रङको क्याप्टेन ह्याट लगाउँथे, अहिले पनि उनी बिहान त्यसै गर्छन्। तर, पहिला युनिफर्म लगाएर उनी विमानस्थलतर्फ जान्थे भने अहिले मलेसियाको राजधानी क्वालालम्पुरस्थित सानो पसलमा पुग्छन्। उनले करिब दुई दशक पाइलट कर्ममा बिताइसकेका छन्।
महामारीको अहिलेको समयमा आफूले हिम्मत नहारेको कथाले अन्यलाई प्रेरणा दिने अजरिनको विश्वास छ। चुनौतीलाई अंकमाल गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ। अजरिन भन्छन्, ‘‘यो काम पनि विमान उडाएजस्तै हो, हामी हमेसा अगाडि बढिरहन्छौं।’’
४४ वर्षीय अजरिनको पनि अन्य हजारौं कर्मचारीको जस्तै जागिर गयो। त्यसपछि उनले सुरू गरे सानो रेस्टुराँ, जहाँ उनी पूरै पाइलटको युनिफर्ममै भेटिन्छन्। उनी भन्छन्, ‘‘मलाई केही आम्दानीको स्रोत आवश्यक थियो, किनकि म काम गर्दै आएको कम्पनीमा मेरो जागिर बाँकी थिएन।’’
उनका चार बच्चा र पत्नी छन्। परिवार चलाउन उनलाई नियमित आम्दानी अत्यावश्यक थियो। यसैले उनले एउटा फुड स्टल खोले। त्यहाँ उनी मलेसियाइ खानेकुरा बेच्छन्। ग्राहकलाई त्यहाँको खाना मात्र होइन पाइलटको ड्रेस लगाएर सर्भिस गरेको खुबै चाख लाग्छ। फुड स्टलको नाम उनले ‘क्याप्टेन कर्नर’ राखेका छन्। जब अजरिनले फुड स्टलको तस्वीर सोसल मिडियामा सेयर गरे, तब त्यो भाइरल भइहाल्यो।
महामारीको अहिलेको समयमा आफूले हिम्मत नहारेको कथाले अन्यलाई प्रेरणा दिने अजरिनको विश्वास छ। चुनौतीलाई अंकमाल गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ। अजरिन भन्छन्, ‘‘यो काम पनि विमान उडाएजस्तै हो, हामी हमेसा अगाडि बढिरहन्छौं।’’ एजेन्सी
प्रतिकृया दिनुहोस्