Thursday, February 25

बिकट धनकुटाकी एक महिला रुखबाट लडिन्, नोवेल अस्पतालले दियो कोरोना पोजेटिभको रिपोर्ट, ज्यान समेत गयो

November 15, 2020 258

काठमाडौं – धनकुटाको विकट गाउँकी एक महिला डाले घाँस कास का ट्ने क्रममा रुखबाट लड्छीन् । उनको उपचारका लागि बिराटनगर ल्याइन्छ । अस्पतालले पहिले कोरोना टेष्ट गर्छ र सबैलाई अचम्म पार्दे उनको रिपोर्ट समेत पोजेटिभ आउँछ । त्यसपछि महिलाको निधन समेत हुन्छ ।

उनको ज्यान त कोरोनाको कारण गएको भनेर संख्या बढ्यो तर यसले परिवारलाई दिएको सास्ती भने निकै दर्दनाक छ । रुखबाट लडेर घाइते भएकी धनकुटाको महालक्ष्मी नगरपालिका चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको बिहिबार साँझ मृ त्यु भएको हो ।

गत आईतबार गाईबस्तुलाई खुवाउँनका लागि डालेघाँस झा र्न करमको रुखमा चढेका बेला उनी रुखबाट लडेकी थिइन् । टाउकोमा चोट लागेर गंभीर अवस्थामा पुगेकी उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा विश्वकर्माको मृ त्यु भएको उनका पति गोबिन्दले बताए ।

यसैबीच, विश्वकर्मामा उपचारका क्रममा कोरोना समेत पुष्टि भएको थियो । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पुष्टि भएकाले उनको शवलाई नेपाली सेनाले बिराटनगरमै अन्त्येष्टि गरेको छ ।

 

प्रतिकृया दिनुहोस्