Wednesday, June 23

किसानका छोरी गाेरुझैं नारिएकाे देखेपछि अभिनेता सोनुले दिए ट्याक्टर

July 27, 2020 996

साउन १२, २०७७ भारतीय अभिनेता सोनु सुद पछिल्लो समय समाजसेविका रूपमा चर्चामा छन्। आन्ध्र प्रदेशको चित्तूर जिल्लाको मदनपल्लीका एक किसान परिवारलाई आफूले घोषणा गरेको २४ घण्टाभित्र एक खेत जोत्ने ट्याक्टर उपलब्ध गराएपछि उनको चर्चा पुन: उचाइमा पुगेको छ। केही दिनअघि सामाजिक संजालमा उक्त प्रदेशका एक किसानले आफ्ना छोरीको काँधमा हलो राखेर खेत जोतेको तस्विर सार्वजनिक भएको थियो। उक्त तस्विर सार्वजनिक भएपछि अभिनेता सुदले एक हल गोरु किनिदिने घोषणा गरेका थिए। तर, केही समयपश्चात् ती किसान परिवारहरू ट्याक्टरको हकदार रहेको भन्दै सुदले ट्याक्टर उपहार दिएका हुन्।

प्रतिकृया दिनुहोस्